पिण्डेश्वरी विद्यालयको सहयोगार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शनिवारबाट सुरु भएको छ । विद्यालयको कक्षा ११ र १२ सञ्चालनार्थ आर्थिक सहयोग संकलन गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो ।
महायज्ञको उद्घाटन बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री शालिकराम जम्कटेलले गर्नु भयो । बैशाख १३ गते सम्म सञ्चालन हुने महायज्ञमा कथावाचक तपस्वी गुरु उत्तम भट्ट महाराजले प्रवचन दिनु हुने छ ।
श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी बनौं,
विद्यालय सुधार तथा शैक्षिक उन्नयनका लागि दान गरी पुन्य कमाऔं भन्ने मुल नाराको साथमा महायज्ञको सुरुवात भएको छ ।
श्री पण्डिेश्वरी माध्यामिक विद्यालयको चौतर्फी विकास तथा एवं प्लस टु सञ्चालयनको उदेश्यले आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भएर सकेको दान गरी पुन्य कमाउनु गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल र वडा नम्बर -४ का वडा अध्यक्ष सुरेंद्र प्रजाले सबैमा आग्रह गर्नु भयो ।
महायज्ञ गजुरी ४ स्थित गैरीगाउँमा रहेको श्री पिण्डेश्वरी माध्यामिक विद्यालयको प्रांगण्डमा आयोजना गरिएको छ । मेलामा कथाका साथै भजनको समेत मनोरञ्जन लिन सकिने छ । मेलाको उद्घाटनमा धादिङ समाजसेवी, बुद्धिजीवि, व्यवासायी, पत्रकार , शिक्षक, विद्यार्थीका साथै आम नागरिकको उल्लेखनीय उपस्थिति थियो ।