April 23, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

भदौ २३, २०८१

640

पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि बागलुङको निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

निसीखोला गाउँपालिका-४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो ।

आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् । निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनको भनाइ छ ।

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने बताइएको छ । वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको प्रबन्धक पौडेलले जानकारी दिए । विद्युत् आयोजनाको मुहाननजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने सम्बद्ध पक्षको भनाइ छ ।

photo: rss

भर्खरै