April 23, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

धादिङबेसीमा खम्बा ढल्दा विद्युत अवरुद्ध

भदौ १६, २०८१

580

निरन्तर वर्षासँगैको रुख ढलेर विद्युतको खम्बा भाँचिएपछि सदरमुकाम धादिङबेसी आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

नीलकण्ठ नगापालिका-५ खाल्टेमा खम्बा ढलेको र नयाँ खम्बा हाल्नुपर्ने भएकोले विद्युत सुचारु गर्न केही समय लाग्ने नेपाल विद्युत प्राधिकरण धादिङबेसी बितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले बताए ।

धादिङ-देविघाट ३३ केभी लाइन खाल्टेमा अवरुद्ध हुँदा धादिङबेसी र सल्यानटार केन्द्रबाट वितरण हुने लाइन अवरुद्ध भएको हो । पानी परिरहेकोले विद्युत सुचारु गर्न केही घण्टा समय लाग्ने रायले भने ।

भर्खरै