April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

अष्ट्रेलियाली सैन्य भर्ना विदेशीका लागि पनि खुल्दै

जेष्ठ २२, २०८१

705

अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ)ले बेलायत लगायतका अन्य मुलुकबाट पनि आफ्नो देशमा सेना नियुक्त गर्न अनुमति दिने भएको छ । अष्ट्रेलियामा क्षेत्रीय चुनौतीको सामना गर्न सेनालाई सुदृढ गर्न खोजिएको बताइएको छ ।

आउँदो जुलाईबाट न्युजिल्यान्ड त्यसपछि अर्को वर्षबाट बेलायत, अमेरिका र क्यानडा लगायतका मुलुकबाट पनि सैनिक भर्ना गरिने जनाइएको छ ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लेजले राष्ट्रिय सुरक्षाको चुनौती आगामी दशक र त्यसपछि सामना गर्न सैन्य भर्नाको आवश्यकतासम्बन्धी योग्यता परिवर्तन गर्नु परेको जनाएका छन् । न्युजिल्यान्डका नागरिक जो त्यहीका स्थायी बासिन्दा हुन् उनीहरूले अष्ट्रेलियन सेनामा भर्तीका लागि आवेदन दिन सक्नेछन्  ।अष्ट्रेलिया र न्युजिल्यान्डबीच पहिला नै दुवै देशका सेनाबीच आर्मी कर्प्स रहँदै आएको छ । बीबीसी

भर्खरै