May 18, 2024, Saturday
२०८१ जेष्ठ ५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

वेष्ट इण्डिजसंग नेपाल १० रनले पराजित

२०८१ बैशाख १६

195

पाँच टि–२० सिरिजको दोस्रो खेलमा वेष्ट इण्डिजसंग नेपाल १० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपाल ९ विकेटको क्षतिमा १५० रन मात्रै बनाउन सकेपछि नेपाल १० रनले पराजित भएको हो ।

नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो । पहिलो बल रोहितले डट खेले भने दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बेलमा दुई लिने चक्करमा आकाश चन्द रनआउट भएपछि नेपालको जितको संभावना कम भएको थियो । चौथो बलमा सागर ढकालले लेगबाई रन लिए भने पाँचौं र अन्तिम बलमा कप्तान रोहितले कुनै रन बनाउन सकेनन् । रोहित ७१ रनमा अविजित रहेपनि जित दिलाउन सकेनन् । गुल्सन झा ले २६, लोकेश बम १७, आरिफ शेख १२ रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ७ विकेटको क्षतिामा १६० रन बनाएको थियो । एक समय १५० रन बनाउन मुश्किल अवस्थामा रहेको उसले अन्तिम ओभरमा दिपेन्द्र सिंहलाई २२ रन प्रहार गरेको थियो ।