May 6, 2024, Monday
२०८१ बैशाख २५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

टी-ट्वेन्टी खेलमा पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड ७ विकेटले विजयी

२०८१ बैशाख १०

180

तेस्रो टी-ट्वेन्टी खेलमा पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डले ५ खेलको शृङ्खलामा १-१ को बराबरी गरेको छ ।

रावलपिन्डी क्रिकेट रंगशालामा गएराति भएको खेलमा न्युजिल्यान्ड ७ विकेटले विजयी भएको हो । न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

युवा ओपनर साम अयुब र कप्तान बाबर आजमले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे । अयुबले २२ बलमा ३२ रनको इनिङ खेले । बाबर आजम ३७ रन बनाएर आउट भए । शादाब खान ४१ रन बनाएर आउट भए । इरफान खान ३० रनमा अविजित फर्किए । किवी टोलीका लागि अनुभवी स्पिनर इश सोधीले सर्वाधिक २ विकेट लिए । ज्याकब डफी र माइकल ब्रेसवेलको नाममा १-१ विकेट रह्यो ।

जवाफमा १ सय ७९ रनको लक्ष्य पाहुना टोलीले १० बल बाँकी रहँदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।  किवीका लागि मार्क च्यापम्यानले ४२ बलमा ८७ रनको अविजित इनिङ खेले । उनी खेलको प्लेयर अफ दि म्याच चुनिए । पाकिस्तानका अब्बास अफ्रिदीले दुई तथा नसिम शाहले एक विकेट लिए । सिरिजको पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेल पाकिस्तानले ७ विकेटले जितेको थियो ।

शृंखलाको चौथो टी-२० खेल बिहीबार खेलिने छ ।