April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु

बैशाख ९, २०८१

1.4K

अमेरिकी शहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य ६ जना घाइते भएका छन् ।

घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते ६ मध्ये एक जनाको अवस्था क्षेत्रिय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ । यसअघि विभागले एक्समा दक्षिणी राज्य टेनेसीमा अरेन्ट माउन्ड पार्कनजिक करिब दुई सयदेखि तीन सय मानिस भएको अनधिकृत ब्लक पार्टीमा गोली चलेको बताएको थियो ।

अमेरिकामा बन्दुक हिंसा सामान्य छ । यहाँ मान्छेभन्दा धेरै बन्दुक छ । बन्दुकको अधिकारमाथि रोक लगाउने प्रयासहरूले सधैँ कडा राजनीतिक प्रतिरोधको सामना गर्नुपरेको छ ।

सामूहिक गोलीबारीलाई चार वा त्योभन्दा धेरै मानिस घाइते भएको वा मारिएको भनी परिभाषित गर्ने गैरसरकारी सङ्गठन गन भायलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा एक सय २० वटा सामूहिक गोलीबारी रेकर्ड गरिएका छन् । गत वर्ष कूल छ सय ५६ यस्ता गोलीबारी भएका  थिए ।

भर्खरै