May 6, 2024, Monday
२०८१ बैशाख २४Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

आईपीएल : दिल्लीमाथि हैदरावादको ६७ रनको जित

२०८१ बैशाख ९

255

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति भएको खेलमा सनराइजस् हैदरावादले दिल्ली क्यापिटललाई ६७ रनले हराएको छ । २६६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा अल आउट हुँदै १९९ रन मात्रै बनायो ।

दिल्लीका लागि जेक फ्रेजर-म्याकगुर्कले सर्वाधिक ६५ रन बनाए । यस्तै कप्तान रिशव पन्तले ४४ र अबिशेक पोरेलले ४२ रन बनाए । हैदराबादका लागि टी नटराजनले सर्वाधिक ४ विकेट लिए । यस्तै मयंक मारकण्डे र नितिशकुमार रेड्डीले समान २-२ विकेट लिए भने भुवनेश्वर कुमार र वाशिङ्टन सुन्दरले समान १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ओपनर ट्राभिस हेड र अभिशेक शर्माको आक्रामक ब्याटिङमा २६६ रन बनाएको थियो । हेडले सर्वाधिक ८९ रनको इनिङ्स खेले। ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे । यस्तै अभिशेकले १२ बलमा ४६ रन बनाए । उनले २ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै शाहबाज अहमदले ५९, नितिशकुमार रेड्डीले ३७, हेनरिक क्लासेनले १५ र अब्दुल समदले १३ रन बनाए । दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, मुकेश कुमार र अक्षर पटेलले समान १-१ विकेट लिए ।