April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

झुलाघाट नाका पुनः सञ्चालनमा

बैशाख ८, २०८१

1.5K

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका शनिबारदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिएका छन् ।

यही वैशाख ७ गते त्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द गरिएको हो ।

भर्खरै