April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्काइयो

चैत्र १६, २०८०

1.4K

काठमाडौं । बिहीबार राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो ।

जहाज बन्यो, आजै दिल्ली उडानको तयारी

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाइड्रोलिकमा समस्या आएको जहाज बनिसकेको छ । यसलाई आजै दिल्ली उडानमा पठाउने तयारी छ । ‘अर्को जहाज तयारी अवस्थामा रहेको र जहाज तत्काल बनिसकेकाले कुनै पनि अन्तर्राष्ट्रिय सेड्युल भने फेर्नु परेन,’ उनले भने ।

भर्खरै