April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नायब सुब्बा तामाङमाथि हातपात भएको विरोधमा अदालतका कर्मचारीहरू आन्दोलित

असार १७, २०८०

2.8K

काठमाडौंः जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात भएको विरोधमा देशैभरका अदालतका कर्मचारीहरू आन्दोलित भएका छन् । गत १३ असारमा कानुन व्यवसायी अमिर लामिछानेले जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा तामाङमाथि हातपात गरेको भन्दै सर्वोच्च सर्वोच्च अदालतसहित देशभरका अदालतमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् ।

सर्वोच्च अदालतअन्तर्गतका चारवटै कर्मचारी संगठनले आइतबार दिउँसो साढे १ बजेसम्म अदालतमा काम रोकिने जनाएका छन् । जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा तामाङमाथि गत १३ असारमा कानुन व्यवसायी लामिछानेले कार्यकक्षमै बसेर काम गरिरहेको अवस्थामै गालीगलौज गर्दै हातपात गरेका थिए ।

मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि तामाङले मिसिल बाहिर लैजान नमिल्ने भन्दा उनीमाथि हातपात भएको थियो । कानून व्यवसायी लामिछानेको मुक्का प्रहारबाट नासु तामाङको दाँत हल्लिनुका साथै ओठमा चोट लागेको छ । हातपात गर्ने कानुन व्यवसायी लामिछानेलाई ललितपुर प्रहरी परिसरले सोही दिन पक्राउ गरेको थियो ।

भर्खरै