April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति गगनकुमार थापाको बधाई

चैत्र १३, २०८२

80

नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले शुभकामना सन्देशमार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने सभापति थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

यसैगरी, कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । रासस

भर्खरै