April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् कटौती हुने

फाल्गुन ९, २०८२

160

नेपाल विद्युत् प्राधिकरण ले आज (९ फागुन) काठमाडौंका विभिन्न स्थानमा निर्धारित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने सिनामङ्गल चोक र तिलगङ्गा क्षेत्रमा विद्युत् कटौती गरिनेछ।

तिलगङ्गा आँखा अस्पतालअगाडि रहेको पोल ढल्किएकाले मर्मत तथा व्यवस्थापन कार्य गर्न ११ केभी प्रसारण लाइन सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ। यस क्रममा तिलगङ्गा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाला र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२:३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। त्यस्तै तिनकुने, गैरीगाउँ, सिनामङ्गल र विमानस्थल क्षेत्रअन्तर्गतका स्थानमा दिउँसो १ बजेदेखि २:३० बजेसम्म विद्युत् कटौती हुनेछ। असुविधाप्रति प्राधिकरणले ग्राहकसँग क्षमायाचना गरेको छ।

यसैगरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पनि विद्युत् अवरुद्ध हुने भएको छ। काठमाडौं उपत्यकाको मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत कार्य भइरहेकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् कटौती गरिने जनाइएको छ।

प्राधिकरणका अनुसार बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग र प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। त्यस्तै हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर र धापासी क्षेत्र पनि प्रभावित हुनेछन्।

वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर आसपासका क्षेत्रमा भने दिउँसो १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

भर्खरै