April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

गङ्गाजमुना गाउँपालिकाका नौ जना स्वास्थ्यकर्मी सम्मानित

भदौ २, २०८२

585

धादिङको गङ्गाजमुना गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । वार्षिक समिक्षा कार्यक्रमको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य संस्था स्तरमा सम्पादित कार्यहरुमा उत्कृष्ट कार्य सम्पादन गरेवापत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्थाले सम्मान तथा गाउँपालिकाले मायाको चिनो प्रदान गरेको हो ।

दुर्गम बस्तिमा रहेर नागरिकको स्वास्थ्य क्षेत्रमा पु¥याएको उनीहरुको अतुलनिय योगदानको उच्च मूल्याङ्कन गरि गाउँपालिका भित्र रहेको ९ वटा वडा भित्रका नौवटै स्वास्थ्य संस्थाका एक एक जना स्वास्थ्यकर्मीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको हो । हरेक स्वास्थ्य संस्थाले एक/एक जना स्वास्थ्यकर्मीलाई सम्मान तथा गाउँपालिकाले मायाको चिनो प्रदान गरेको हो ।

भर्खरै