April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु

पुस ४, २०८१

1.1K

सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटना गएरातिको भएपनि प्रहरीले आज बिहान मात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार बेलुका खाना खाएर सुतेको र बिहान अबेरसम्म कोही बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो । घरभित्र कोइला बालेको र धुवाँले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

घाइते अवस्थामा रहेकी उनकी ९ वर्षीय छोरी रिया थापाको भने कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

भर्खरै