April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नागपञ्चमीको अवसरमा आठ पालिकाद्वारा बिदा घोषणा

साउन २४, २०८१

720

नागपञ्चमी पर्वको अवसरमा कपिलवस्तुको आठ पालिकाले शुक्रबार (२५ साउन) स्थानीय बिदा दिएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाले नागपञ्चमी पर्वको अवसरमा बिदा घोषणा गरेका हुन् ।

कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्यालका अनुसार नगरपालिका क्षेत्रमा मनाइने नागपंचमी पर्वको अवसरमा विदा दिइएको हो । उनले शुक्रबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अति आवश्यक सेवा बाहेक), शिक्षण संस्थाहरु तथा मातहतका सम्पूर्ण संस्थाहरुलाई स्थानीय बिदा दिइएको बताए ।

कपिलवस्तुको महाराजगंज नगरपालिका, बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका र मायादेवी, शुद्धोधन र विजयनगर गाउँपालिकाले सार्वजानिक विदा दिएका छन् ।

भर्खरै