


झापाको बिर्तामोड नगरपालिका-७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुऱ्याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुऱ्याएको हो ।
हात्तीले ती घरमा क्षति पुऱ्याउँदा रु तीन लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।
हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनको भनाइ छ ।
घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
file photo











