April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सीटीईभीटीको शुल्क वृद्धि खारेज गरः वैज्ञानिक समाजवादी विद्यार्थी संगठन

साउन १, २०८०

3.3K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपालले सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले वृद्धि गरिएको शुल्क खारेज गर्न माग गरेको हो ।

CTEVT का प्रमुख पदाधिकारीहरु,सरकार र फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका शैक्षिक व्यापारीहरुको साँठगाँठबाट शुल्क वृद्धि गर्ने निर्णय अव्यावहारिक र निन्दनीय भएको ठहर गर्दै संगठनले पुरानै शुल्कमा पठनपाठन गराउन माग गरेको छ । ‘CTEVT का प्रमुख पदाधिकारीहरु ,सरकार र फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका शैक्षिक व्यापारीको साँठगाँठबाट तय गरिएको यो निर्णय निकै नै अव्यावहारिक र निन्दनीय छ ।’ विज्ञप्तिमा थप उल्लेख गरिएको छ । ‘हामी वृद्धि गरिएको शुल्कलाई तत्काल खारेज गर्न र पुरानै शुल्कमा पठनपाठन गराउन सरकार, सीटीईभीटी र निजि शिक्षण संस्थाहरुसँग जोडदार माग गर्दछौं । अन्यथा, हामी थप आन्दोलन गर्न बाध्य हुनेछौं ।’

त्यस्तै उक्त विद्यार्थी संगठनले पुरानै शुल्कमा पठनपाठननगराएमा र विद्यार्थी एवं अभिभावकसंग प्रत्यक्ष रूपमा जोडिएको विषयमा निर्णय गर्दा सम्बन्धित सरोकारवालाहरुलाई सहभागीता नगराएमा आन्दोलनमा उत्रन चेतावनीसमेत दिएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) ले २०८०–०३–३० गते PCL nursing मा ३२%, सामान्य चिकित्सा HA मा २८% र डिप्लोमा इन फार्मेसीमा २६% का दरले शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो ।

पूरा विज्ञप्तिः

भर्खरै