April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

धादिङमा निर्वाचन सुरक्षा कडा: गंगाजमुना–फूलखर्कमा सेनाको हवाई गस्ती

फाल्गुन १९, २०८२

140

धादिङ । आसन्न निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन धादिङको गंगाजमुना–फूलखर्क क्षेत्रमा नेपाली सेनाले हेलिकप्टरमार्फत हवाई गस्ती गरेको छ।

सुरक्षा संवेदनशील मानिएको उक्त क्षेत्रमा सम्भावित जोखिम नियन्त्रण गर्न तथा मतदातामा विश्वासको वातावरण सिर्जना गर्न गस्ती तीव्र पारिएको सुरक्षा स्रोतले जनाएको छ। हवाई निगरानीसँगै स्थलगत सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ।

स्थानीय प्रशासनका अनुसार निर्वाचन अवधिभर संवेदनशील र अति–संवेदनशील केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त परिचालन रहनेछ। आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्ने तयारीसमेत गरिएको जनाइएको छ।

प्रशासनले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी दिन अनुरोध गरेको छ।

भर्खरै