February 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

त्रिभुवन माध्यामिक विद्यालयमा खाती परिवारको सहयोग, महायज्ञ सम्पन्न

मंसिर २८, २०८२

285

काठमाडौं, बाग्लुंग – बाग्लुंगको बडीगाँड गाउँपालिका स्थित खरर्बानमा अवस्थित त्रिभुवन माध्यामिक विद्यालयमा हालै श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ। यस महायज्ञको मुख्य उद्देश्य विद्यालयको आवासीय तथा बहुप्राविधिक शिक्षा सञ्चालनका लागि आवश्यक सहयोग जुटाउनु रहेको थियो।

महायज्ञमा बाग्लुंग जिल्ला बडीगाँड,२ राक्से निवासी मानबहादुर खाती र बसन्ती खाती तथा उनको परिवारले दान स्वरूप महत्वपूर्ण योगदान प्रदान गर्नु भएको छ। विद्यालयले खाती परिवारको यस सहयोगलाई सम्मान गर्दै सार्वजनिक रूपमा सम्मान पत्र प्रदान गरेको छ।खाती परिवारको तर्फबाट प्रजुना खाती ,प्रकृति खाती,क्यानडा स्थित प्रशान्त खाती समेतको सहयोगमा अक्षेरुपी ५१ हजार ५ सय ५१ रुपैंया सहयोग भएको थियो ।

महायज्ञमा चर्चित पण्डित कथा वाचक दीनबन्धु पोखरेलले कथा वाचन गरी सहभागीहरूलाई धार्मिक र शैक्षिक ज्ञानसहित मनोरञ्जन प्रदान गर्नु भएको थियो। सहभागीहरूले पण्डितको कथा वाचनमा गहिरो रुचि देखाएका थिए र धार्मिक तथा शैक्षिक माहोलमा सहभागी हुन पाउँदा उत्साह व्यक्त गरे।

महायज्ञबाट संकलित रकमलाई बालबालिकाको उच्च शिक्षा र प्राविधिक शिक्षा सञ्चालनका लागि नयाँ भवन निर्माणमा खर्च गर्ने योजना बनाइएको छ। यस पहलमार्फत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने विश्वास गरिएको छ।

विद्यालयका शिक्षक र अभिभावकहरूले पनि महायज्ञ सफल बनाउन सहयोग पुर्याएका थिए। आयोजक पक्षले यो महायज्ञले समुदायमा धार्मिक तथा शैक्षिक चेतना फैलाउने मात्र नभई स्थानीय शिक्षा क्षेत्रको विकासमा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

त्रिभुवन माध्यामिक विद्यालयले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रममार्फत विद्यार्थीहरूको समग्र विकास र स्थानीय समुदायसँगको सम्बन्धलाई बलियो बनाउन निरन्तर प्रयास गर्ने जनाएको छ।

भर्खरै