January 16, 2026, Friday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

फरार दुई थुनुवा घरबाट पक्राउ

कार्तिक २७, २०८२

200

झापामा जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा बिहीबार (२७ कात्तिक) आफ्नै घरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँका २५ वर्षीय पङ्कराज मैनाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । जेनजी आन्दोलनका क्रममा दुवै थुनुवा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । दुवै थुनुवा लागुऔषध कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका थिए । पक्राउपछि दुवैलाई पुनः इप्रका अनारमनी लगिएको छ ।

यसअघि बाह्रदशी गाउँपालिका–४ रामचोकमा डेरा गरी बस्दै आएका २७ वर्षीय इसरप खातुन र सोही वडाका २२ वर्षीय विकास टुडु जेनजी आन्दोलनमा लुटिएको हतियारका गोलीसहित पक्राउ परेका थिए ।

भर्खरै