April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

बाढीमा बगेर दुई युवकको मृत्यु

भदौ १७, २०८२

540

दुई दिनअघि रसुवा सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव मंगलबार (१७ भदौ) फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका–६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो ।

गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो । शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भर्खरै