April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सेवाग्राहीको सास्ती अन्त्य गर्ने उद्देश्यले २३ वटा इलाका प्रशासन थप गर्ने

भदौ १०, २०८२

535

गृह मन्त्रालयमातहत गठित एक कार्यदलद्वारा प्रस्तुत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएअनुसार २३ वटा इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्ताव सोमबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले मन्त्रिपरिषदबाट पठाइएको प्रस्तावमा आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउने गृह मन्त्रालयले जनाएको छ । सेवाग्राहीको हैरानी अन्त्य गर्ने उद्देश्यसहित उक्त प्रस्ताव गरिएको हो ।

आन्तरिक स्रोत व्यवस्थापन गरेर तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थप गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले जोड दिएका छन् । गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन संरचना, दरबन्दी हेरफेर गर्न र नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्रालयले गत पुसमा सचिवस्तरको निर्णय गरी ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन’ पेस गर्न गृह मन्त्रालय, प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

मन्त्री लेखकले सेवा प्रवाहलाई थप सहज र सरल बनाउन जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानता समाधानका लागि मन्त्रालयका नेतृत्व लिएदेखि जोड दिँदै आएका छन् ।

भर्खरै