April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सिद्धलेक गाउँपालिका द्वारा कृषकलाई प्रोत्साहन

असार १६, २०८२

460

धादिङ । पछिल्लो समय केन्द्र सरकार देखि स्थानीय सरकारले कृषकहरुलाई विभिन्न नाममा अनुदान उपलब्ध गराउँदै आएका छन् । विगतमा कृषकलाई उत्पादन गर्नु अघि नै अनुदान उपलब्ध गराउँदा रकम दुरुपयोग हुने गरेको गुनासो पछि अहिले उत्पादनमा आधारित अनुदान दिन थालिएको छ । त्यसैको उदाहरण हो धादिङको सिद्धलेक ।

‘उज्यालो सिद्धलेक सम्वृद्ध सिद्धलेक ’ अभियान अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिकाले कृषक, शिक्षक र विद्यार्थीहरुलाई एक साथ सम्मान गरेको छ । गाँउपालिकामा दुध उत्पादन गर्ने कृषक, राम्रो नतिजा ल्याउने शिक्षक, विद्यार्थीलाई नगद सहित सम्मान गरिएको हो । विगतमा कृषकलाई उत्पादन नगर्दै अनुदान उपलब्ध गराउँदा दुरुपयोग पनि भएको गुनासो आउन थालेपछि यस पटक गाउँपालिकाले कृषकले उत्पादन गरेको दुधको परिणामका आधारमा प्रोत्साहन स्वरुप अनुदान रकम उपलब्ध गराएको हो । गाउँपालिकाबाट सम्मानित हुने कृषक उमाकान्त सिलवाल खुसी प्रकट गरे ।

दुधमा मात्रै नभएर अन्य कृषि उपजमा पनि यसै गरी अनुदान दिएमा प्रोत्सान मिल्ने कृषक अगुवा तिलक सिम्खडाल बताँउछन् ।


सबै भन्दा बढी १ लाख ८९ हजा ५ सय ५५ लिटर दुध उत्पादन गर्ने सामुदायिक साना किसान सहकारी संस्था लिमिटेडलाई ६ लाख १० हजार ३ सय ६७ रुपैयाँ १० पैसा नगद अनुदान प्रदान गरेको गाउँपालिकाले यो वर्ष जम्मा जम्मी दुध उत्पादन गर्ने १५ किसानलाई १२ लाख ८३ हजार १२ रुपैयाँ ५४ पैसा रकम अनुदानमा वितरण गरेको छ ।

कृषललाई मात्रै नभएर गाउँपालिकाले उत्कृष नतिजा ल्याउने विद्यार्थी, शिक्षकलाई नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले शिक्षक विद्यार्थीलाई सम्मान गर्दा शिक्षाको गुणस्तर सुधारमा अझै प्रोत्सान मिल्ने शिक्षक जनार्दन नेपाल बताउँछन् ।
गाउँपालिकामा सबै भन्दा बढी दुध उत्पादन गर्ने कृषकलाई सम्मान गर्दा गाउँपालिकाका हरेक कृषक परिवारले सम्मानित भएको अनुभव गर्ने विश्वास गाउँपालिका सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताए ।

शिक्षक विद्यार्थीलाई सम्मान गर्दा प्रतिस्पर्धाको भावना विकास हुने र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गाउँपालिकाको छ । गाउँपालिकाले यो वर्ष १५ जना कृषक, १२ जना शिक्षक, ४ विद्यार्थी र २ उत्कृषट विद्यालयलाई नगद सहित जनही पाँच हजार सहित पुरस्कृत गरिएको हो । यसरी शक्ति र पँहुचको आधारमा भन्दा सिद्धलेक गाउँपालिकाले जस्तै नजिताका आधारमा अनुदान र पुरस्कार दिँदा नपाउनेहरुलाई पनि प्रोत्साहन मिल्ने र प्रार्दशिता पनि हुने विश्वास गरिएको छ ।

भर्खरै