April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

विश्व वातावरण दिवस : द ‘राईजिङ भिलेजका बिधार्थीहरु द्वारा बजार सरसफाई

जेष्ठ २२, २०८२

850

विश्व वातावरण दिवसको अवसरमा धादिङको गल्छी गाऊँपालिका स्थित द-राईजिङ भिलेजका बिधार्थीहरु द्वारा गल्छी बजारमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

आज बिहान सरसफाइ कार्यक्रम सम्पन्न भएको द-राईजिङ भिलेजका प्रधानाध्यापक नवराज ओझाले बताउनुभयो ।
उनका अनुसार प्लाष्टिजन्य प्रदुषण न्युनिकरण: हाम्रो दायित्व’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा बिद्यार्थीहरू बिहानैदेखि झोला, डस्टबिन, पञ्जा, मास्क लगायत सरसफाईका सामग्रीसहित बजार क्षेत्रमा देखा परेका थिए। उनीहरूले सडक, चोक, ढल, सार्वजनिक स्थल तथा पसल वरपरको फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गरे।

कार्यक्रममा द राईजिङ भिलेजका शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

विश्व वातावरण दिवसका दिन देशभर विभिन्न कार्यक्रमहरू भइरहेका बेला गल्छी बजारमा भएको यो पहल एक प्रेरणादायी उदाहरण बनेको छ।

 

भर्खरै