April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

१५ देशका राजदूत कन्याममा

चैत्र ३१, २०८१

860

नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत इलामको कन्याममा भेला भएका छन् ।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आइतबार (३१ चैत) अपराह्न कन्याम पुगेका हुन् ।

परराष्ट्रमन्त्री डा. देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले कन्याम भ्रमण गरेका बताइएको छ । टोलीलाई नगरपालिकाले कन्याममा स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुऱ्याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, इजरायल, जापानका राजदूत सहभागी छन् ।

photo: rss

भर्खरै