May 12, 2025, Monday
Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

१५ देशका राजदूत कन्याममा

२०८१ चैत्र ३१

150

नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत इलामको कन्याममा भेला भएका छन् ।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आइतबार (३१ चैत) अपराह्न कन्याम पुगेका हुन् ।

परराष्ट्रमन्त्री डा. देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले कन्याम भ्रमण गरेका बताइएको छ । टोलीलाई नगरपालिकाले कन्याममा स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुऱ्याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, इजरायल, जापानका राजदूत सहभागी छन् ।

photo: rss