April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

मेरो कार्यकाल २० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री ओली

भदौ १५, २०८१

610

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना १५ दिन बाँकी रहेको बताएका छन् । शनिवार क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको कार्यकालभन्दा एक हप्ता अघि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले राजनीतिलाई घृणा गर्ने सामाजिक अराजकता बढेर गएको दाबी गरे । यस्तो अराजकताले समाजको हित नगर्ने उल्लेख गरे । उनले भने– ‘राजनीतिलाई घृणा गर्ने भन्ने कुरा, व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा, थिति बनेको व्यवस्थालाई घृणा गर्ने भनेको सामाजिक अराजकता मात्र हो । त्यसले समाजलाई कुनै राम्रो अवस्थामा पुर्याउँदै पुर्‍याउँदैन । ती कुराले समाजलाई बेथितितिर लान्छ, घृणाले समाजलाई छिन्नभिन्न मात्रै गर्छ । हामीले प्रजातान्त्रिक समाज स्थापना गर्न खोजेको हो । हामीले सकारात्मक, विनम्र, शान्त जीवन पद्धति, नरम, राम्रो कुरा गर्ने जीवनपद्धति, सबैको अधिकारलाई सम्मान गर्ने जीवन पद्धति खोजेको हो ।’

उनले आफू विरुद्ध नाराबाजी गर्नेहरूलाई छोडिसकेको बताउँदै कसले के गर्छ त्यसलाई राज्यका निकायले समाउने बताए । उनले देशमा कानुनी राज हुनुपर्ने र अधिनायकवाद हुन नहुने बताए ।

मेरो कार्यकाल २० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री ओली

भर्खरै