April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु

साउन ३१, २०८१

635

सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका- ६ हैबारका पृथ्वी भुजेल,सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगर रहेका छन् ।

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको हो । पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् ।

गोलन्जोर गाउँपालिकाको-६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै गरेको तरकारी तथा खाद्यान ओसार पसार गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरकोबोलेरो सडकमै पल्टिएको थियो । दुर्घटनाका पाँचजना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ

भर्खरै