April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाट शान्ति प्रक्रियाको काम भइरहेको छः प्रधानमन्त्री ओली

साउन ३०, २०८१

615

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियापश्चात् पृथकताको सोच बोकेका अनेक समूहलाई शान्ति, लोकतन्त्रको पक्ष र राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएको बताएका छन् । उनले १० वर्षे द्वन्द्वलाई पनि नेपालले मौलिक हिसाबले शान्ति प्रक्रियाको काम टुंगो लगाउँदै आएको पनि उल्लेख गरे ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर समसामयिक विषयलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको काम विश्वका लागि नमुना भएको पनि उल्लेख गरे ।

“यो मौलिक छ र हाम्रो आफ्नै प्रयासबाट अघि बढेको छ । शान्ति प्रक्रियाको अन्य तमाम कुरा कहिले तीब्र, कहिले धिमा गतिमा समाधान हुँदै आएको छ,” उनले भने, “दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया द्वन्द्व व्यवस्थापनको काम भएको छ ।”

उनले यो देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाटबाट शान्ति प्रक्रियाको काम भएको पनि उल्लेख गरे ।

२०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन यतिसम्म लाग्छ भन्ने महसुस नभएको भन्दै उनले ‘होम ग्रोन’ भनेर उल्लेख गरेको स्मरण गरे । साथै उनले त्यो दिनलाई साकार पार्न कानुन निमार्णमा नेपाल सफल हुँदै गएको पनि उल्लेख गरे ।

भर्खरै