


मौसम खरावीका कारण धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ७ सातकिलोमा मंगलबार दिउँसो ५ः१५ बजेतिर बिरामी बोकेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
पोखराका मनिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ जाँदै गरेको बिरामी सहितको हेलिकप्टर रोकेर सुरक्षित राखिएको थाक्रे गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो ।
कैलास हेलिकप्टर सर्भिसेजको 9N-AML सातकिलाबाट काठमाडौं जाने मौसम पर्खाइमा रहेको छ ।











