April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

धादिङबाट सम्पर्कविहीन भएका तीन बालिका बाग्लुङमा भेटिए

साउन २८, २०८१

560

धादिङबेशीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीन जना बालिका बाग्लुङमा भेटिएका छन् ।

नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ तीनै जनालाई बाग्लुङमा भेटिएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार अहिले उनिहरु जिल्ला प्रहरी कार्यालय बाग्लुङको निगरानीमा रहेका छन् ।

 

भर्खरै