April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

जहाज दुर्घटनाः १८ जनाको शव फेला पर्दा क्याप्टेनको जीवितै उद्धार

साउन ९, २०८१

635

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार १८ जनाको शव फेला परेको छ । जहाजमा १९ जना यात्रु थिए ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज दुर्घटनामा परेको थियो । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

भर्खरै