October 7, 2024, Monday
Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

वुमन्स एसिया कप : श्रीलंकन टोलीविरूद्ध नेपालको जित

२०८१ श्रावण २

275

वुमन्स एसिया कप २०२४ को तयारीका लागि श्रीलंकामा रहेको नेपालले अभ्यास खेलमा जित हात पारेको छ।

यसअघिका दुई खेलमा लगातार पराजय भोगेको नेपालले मंगलबार भएको तेस्रो खेलमा एसएल डेभलवमेन्ट स्क्वाडविरुद्ध २ रनको जित निकालेको छ।

तेस्रो खेलमा १३ रनको लक्ष्य पछ्याएको एसएल डेभलवमेन्ट स्क्वाडलाई नेपालले २० ओभरमा ११० रनमै रोकेको हो।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११२ रन जोड्यो। नेपालका लागि रुबिना क्षेत्रीले ३७ रन र विन्दू रावलले २० रन बनाए। यसअघि नेपालले एसएल डेभलवमेन्ट स्क्वाडविरूद्धको पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटको पराजय भोगेको थियो।

श्रीलंकामा आगामी शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ।

नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन्। नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ। दोस्रो खेल पाकिस्तानसँग २१ जुलाई र समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा हुनेछ।