April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नारायणगढ–मुग्लिनमा खसेको पहिरोले दुई वटा बस बगायो ! ६५ यात्रु बेपत्ता

असार २८, २०८१

670

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा  पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता हुंदा बसका चालकसहित ६५ जना हराईरहेका छन् ।

चितवनका प्रहरी उपरिक्षक भावेश रिमालका अनुसार आज बिहान दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको हो ।

प्रहरी उपरिक्षक रिमालका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’

भर्खरै