चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । लगातार परेको वर्षाको कारण फिस्लिङभन्दा केही अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।