May 6, 2024, Monday
२०८१ बैशाख २४Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

२०८० चैत्र २१

385

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन् ।

गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । पाण्डेले भोलिसम्ममा विश्वासको मत लिनुपर्ने थियो । तर, मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई पदबाट राजीनामा दिएका हुन् ।