April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

सेयर बजारमा दोहोरो अंकको गिरावट

बैशाख ३, २०८१

1.7K

आज नेप्से परिसूचक १६.८२ अंकले घटेको छ । आज नेप्से ०.८३ प्रतिशतले घटेर २००६.५२ विन्दुमा बन्द भएको हो ।

आज दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रूपैयाँको सेयर कारोबार भएको छ ।

आइतबारको तुलनामा आज कारोबार रकम घटेको हो । आइतबार तीन अर्ब ६ करोड ३७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार ३१४ वटा धितोपत्रको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच भएको छ । आज ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ वटाको घटेको छ । यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

भर्खरै