March 10, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

अब बन्ने सरकारले पूरानो औषधि ऐनमा संशोधन गर्छः तोसिमा कार्की

फाल्गुन २६, २०८२

45

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा।तोसिमा कार्कीले अब बन्ने सरकारले प्राथमिकताका साथ पूरानो औषधि ऐनमा आवश्यक संशोधन गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल फार्म एक्सपो तथा औषधिमा आत्मनिर्भरताः नीतिगत सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ४७ वर्ष पुरानो औषधि ऐन बोकेर आधुनिक र समयसापेक्ष चिकित्सा सेवा दिन सम्भव नहुने भन्दै आवश्यक संशोधन गर्ने आश्वासन दिएकी हुन् ।

उनले भनिन्, ‘आज भन्दा ४७ वर्ष पूरानो औषधि ऐन बोकेर आजको समयसापेक्षित मेडिकल उपचार हामी दिन सक्छौं भन्ने ग्यारेन्टी सरकारले गर्न सक्दैन । त्यसैले अब बन्ने सरकारले प्राथमिकतामा राखेर यो ऐनमा गर्नुपर्ने संशोधन गर्छ ।’

स्वास्थ्य क्षेत्रका साधारण कुराहरु पनि आजसम्म अड्किनुको पछाडि इच्छा शक्ति नहुनु र अनैतिक खेल रहेको उनको भनाइ छ । रास्वपाको सरकारले स्वास्थ्य क्षेत्रमा सेवक सरकारको भूमिका निर्वाह गर्ने उनको दाबी छ ।

भर्खरै