April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

फाल्गुन २५, २०८२

340

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले शपथ लिएका छन् ।

यही माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित हुनुभएका १८ मध्ये १७ जना सदस्यलाई आज (२५ फागुन) आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका हुन् ।

कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

कार्यक्रममा सभा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेलले शपथ लिए । सो अवसरमा सदस्य मीनासिंह रखाल भने आज अनुपस्थित थिइन् ।

photo: rss

भर्खरै