March 10, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

लामिछाने र बालेनलाई मोदीको बधाई

फाल्गुन २६, २०८२

20

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदीले सोमबार (२५ फागुन) टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

साथै उनले आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिएका छन् ।

प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वस्त व्यक्त गरेका छन् ।

भर्खरै