


पछिल्लो मतपरिणामअनुसार उनले २६ हजार १४३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले २० हजार २७८ मत ल्याएका छन्। यसैगरी नेकपा एमालेका धनबहादुर घलेले १० हजार ०८४ मत प्राप्त गर्दा रामबहादुर भण्डारीले ९ ०३७हजार मत प्राप्त गरेका छन्।
धादिङ–२ लामो समयदेखि कांग्रेस र एमालेको प्रभाव क्षेत्र मानिँदै आएको थियो। तर यसपटक मतदाताले नयाँ विकल्पतर्फ झुकाव देखाउँदै रास्वपालाई बलियो जनमत दिएका छन्। विश्लेषकहरूका अनुसार यो परिणामले स्थानीय मतदाताको परिवर्तनको चाहना र नयाँ राजनीतिक शक्तिको उदय स्पष्ट पारेको छ।











