April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

एमाले केन्द्रीय कमिटी बैठक सुरु, विधान संशोधन र राजनीतिक परिस्थितिमा छलफल हुने

मंसिर २८, २०८२

395

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र प्रारम्भ हुनुअघि भृकुटीमण्डपमा बैठक बसेको हो।

बैठकमा पार्टी विधान संशोधन, समसामयिक राजनीतिक अवस्था तथा महाधिवेशनको बन्दसत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन्। यो बैठक वर्तमान कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठकसमेत हो।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आयोजना हुँदैछ। बिहानै सुरु गर्ने तयारी भए पनि बन्दसत्रको समय परिवर्तन गरी दिउँसो १ बजेका लागि सारिएको छ।

भर्खरै