January 15, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

भारतको सहयोगमा निर्मित विद्यालय एवं छात्रावास भवन उद्घाटन

मंसिर ४, २०८२

175

भारत सरकारको आर्थिक सहयोगमा निर्मित प्यूठानको ऐरावती गाउँपालिका-१, अमिलीस्थित दाङवाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको उद्घाटन गरिएको छ ।

भारतीय दूतावास, काठमाडौंका काउन्सिलर गीताञ्जलि ब्रैंडन र ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहद्वारा संयुक्त रुपमा भवनको उद्घाटन गरिएको दूतावासले जनाएको छ ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा भारत सरकारको अनुदान विद्यालय एवम् छात्रावास भवन तथा अन्य सम्बद्ध संरचनाको निर्माण गरिएको थियो ।

दाङवाङ मावि प्यूठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयहरूमध्ये एक हो । यस विद्यालयले २३४ विद्यार्थीका लागि इसिडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गरिरहेको र जसमध्ये लगभग ६० प्रतिशत छात्रा रहेका छन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकार भएका वक्ताहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गरे । यस परियोजनाबाट निर्माण गरिएका पूर्वाधारले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त सरोकारवालाले गरेकाा छन्

भर्खरै