


साँझ करिब ६ बजेको समयमा चालकले नियन्त्रण गुमाएर सडकमै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
चालकसहित माइक्रोमा ११ जना सवार थिए । १३ वर्षीय बालक सहित २ जना घाइतेलाई उद्धार गरेर नजिकैको प्राइवेट अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इंस्पेक्टर सुरज श्रेष्ठले बताए ।
इभी माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











