April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

धादिङमा बढी
भाडादर लिने चार राइडरलाई कारवाही

जेष्ठ २०, २०८२

750

धादिङमा इन ड्राइभ तथा पठाओको नाममा बढी भाडा असुल्ने चार वटा निजी मोटरसाइकल चालकहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले कारवाही गरेको छ ।

मंगलबार इन ड्राइभ तथा पठाओको नाममा बढी भाडादर लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट मोटरसाइकल चालकहरूलाई चेकजाँच गरेको थियो ।

सो क्रममा बढी भाडा लिएको पाइएको हुँदा चार वटा सवारी साधन नियन्त्रणमा लिइएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यव्था ऐन २०४९ अनुसार कारवाही गरि छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।

भर्खरै