April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता

जेष्ठ २०, २०८२

825

यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका हुन्।

मंगलबार साँझ बसेको बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएसँगै यातायात व्यवसायी आन्दोलित बनेका थिए। जसका कारण देशभरिका सार्वजनिक यातायात ठप्प भएको थियो।

प्रधानमन्त्री कार्यालयको पत्रपछि गण्डकी प्रदेश सरकार पनि हाललाई उक्त नियमावलीलाई स्थगित गरेको जानकारी दिएको हो।

भर्खरै