


सरकार र यातायात व्यवसायीबीच सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् ।
चारवटै व्यवसायी महासंघले भोलि पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका छन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले निरन्तर छलफल भइरहेको बताए । छलफल सकारात्मक ढंगले अगाडि बढेको उनले जानकारी दिए ।
अब पुनः मंगलबार साढे १० बजे वार्ता हुने समेत बताइएको छ । सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडि बढेको थियो ।











