मौका छोपेर चाड़बाडको बेलामा तोकिएको दरभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारवाही गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा बुधवार गरिएको अनुगमनमा धादिङ काठमाडौं रुटमा चल्ने एक र काठमाण्डौ चितवन रुटमा चल्ने १ सवारी साधनलाइ १० हजार र २० हजारका दरले जरिवाना गरिएको हो ।
धादिङबाट काठमाण्डौ जान लागेको ग्रामिण यातायात धाङिको बा ५ ख ५७ नम्वरको मिनिवसलाई यात्रुहरुलाई टिकट नदिएको र भाडादर गाडीमा नटासेको कसुरमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ क बमोजिम १० हजार रुपैया जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमनका संयोजक युवराज अर्यालले जानकारी दिए ।
त्यस्तै काठमाण्डौ बाट चितवन तर्फ जाँदै गरेको ग १ ख ५५९२ नम्वरको बसलाई तोकिएको भाडादर भन्दा बढी भाडा असुल गरेको र सिट क्षमता भन्दा बढी यात्रु चढाएकाले २० हजार जरिवाना गरिएको हो ।