April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

विपदमा परी हालसम्म एक सय ७० को मृत्यु

साउन २५, २०८१

635

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज (२५ साउन)सम्म एक सय ७० जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा एक सय ७० जनाको मृत्यु भएको हो ।

विपदमा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका हुन् ।

बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

file photo: rss

भर्खरै