


नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ । बाढीको सतह निरन्तर बढेकाले यहाँ खतराको संकेत पुग्ने अनुमान गरिएको हाे ।नारायणी नदी स्थित देवघाटमा पानीको वहाव ८ दशमलव ९ मिटर पुगेको छ । देवघाट स्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटर सम्मको पानीको बहावलाई चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।
पानीको बहाव खतराको संकेत पुगेपछि वस्तीमा बाढी पस्ने खतरा हुन्छ । मध्य पहाडी क्षेत्रमा भारी वर्षाका कारण नारायणी नदी लगायत चितवन तथा नवलपुरका सहायक नदीमा समेत खोला बढेका छन् ।नवलपुर तथा चितवन प्रशासनसँगै गैँडाकोट नगरपालिका, भरतपुर महानगरपालिकाहरुले नदी किनारका आसपासमा रहने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।











